Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ


सप्तरी। डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय राज कुमार विक, बोदेबरसाइन नगरपालिका-२ बस्ने २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका-११ बस्ने ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका-८ बस्ने २४ वर्षीय दिपक मरिक, उदयपुर बेलका नगरपालिका-१ बस्ने २८ वर्षीय चन्दर मरिक, सिराहा लाहान नगरपालिका-६ बस्ने ५२ वर्षीय महेन्द्र गोड्से र लाहान नगरपालिका-८ बस्ने ३८ वर्षीय उमेश साह सोनार रहेका छन् ।

सुरूङ्गा नगरपालिका-८ मलहनमा टोल बस्ने कन्तलाल चौधरीको घरमा २०८२ जेठ २३ गते धनमाल लुटपाट गरी कन्तलालको गोली हानी हत्या गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड, खुकुरी १ थान, चाँदीको जस्तो देखिने बाला १ थान र बालिया १ थान समेत बरामद गरेको छ ।


प्रकाशित मिति: २० श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?