Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीहरूको संख्या र विवरण पनि सार्वजनिक गरिएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष नियमित तर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ४२ हजार ४६५ विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। आंशिकतर्फ भने १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० विद्यार्थी ग्रेडेड भएका छन्।

बोर्डका अनुसार नियमित तर्फ ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ६१.१७ छ भने आंशिक तर्फको ग्रेडेड प्रतिशत ३६.४९ मात्र रहेको छ।

उत्तीर्ण विद्यार्थीहरू मध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ। त्यसैगरी, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन्। त्यस्तै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी ९४ हजार २६८ जना रहेका छन्।

परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएको आरोपमा बोर्डले १७ परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो।

बोर्डले परीक्षाको सम्पूर्ण नतिजा आफ्नो आधिकारिक वेबसाइटसहित सम्बन्धित माध्यमहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?