Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए राप्रपा र रास्वपा


काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद बैठकमा विरोध जनाउँदै आफ्ना कुरा राखेर बाहिरिएका छन्।

रास्वपा सांसद असिम साहले “मानव तस्करको फाइल कहाँ हरायो?” भन्दै प्रश्न गर्दै उनले भने, तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृश्य शक्तिको शक्ति दिइरहेको छ ?

त्यस्तै, राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाको आडमा नियतकै समस्या रहेको उल्लेख गर्दै उनले भने ,‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ,’ ।

दुवै दलका सांसदहरूले समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै संसद्‌बाट बाहिरिएको घोषणा गरेका छन्।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?