Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा


काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सक्रिय राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टिफन कोल्बर्ट’मा बोल्दै उनले अब कुनै पनि राजनीतिक पदमा उम्मेदवारी नदिने स्पष्ट पारिन्।

ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी विग्रिएको भन्दै, अब देशभरि जनताका कुरा सुन्ने यात्रामा निस्किने बताइन्।

उनको नयाँ पुस्तक आगामी सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ, जसमा राष्ट्रपति चुनावको १०७ दिन लामो अनुभव समेटिएको छ।

कमला ह्यारिस सन् २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?