Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा


काठमाडौँ। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सक्रिय राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट शो विथ स्टिफन कोल्बर्ट’मा बोल्दै उनले अब कुनै पनि राजनीतिक पदमा उम्मेदवारी नदिने स्पष्ट पारिन्।

ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी विग्रिएको भन्दै, अब देशभरि जनताका कुरा सुन्ने यात्रामा निस्किने बताइन्।

उनको नयाँ पुस्तक आगामी सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ, जसमा राष्ट्रपति चुनावको १०७ दिन लामो अनुभव समेटिएको छ।

कमला ह्यारिस सन् २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।


प्रकाशित मिति: १८ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?