Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजिप्टका राष्ट्रपति र डच प्रधानमन्त्रीबीच गाजा युद्धविरामबारे छलफल


एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र डच प्रधानमन्त्री डिक स्कूफले शुक्रवार पछिल्लो क्षेत्रीय घटनाक्रममा फोन वार्ता गरेका छन् । जसमा विशेष गरी गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गरिएको थियो ।

फोन वार्ताको क्रममा सिसिले गाजा पट्टीमा युद्धविराम सम्झौतालाई सहज बनाउन र मानवीय सहायताको तत्काल र पर्याप्त प्रवेश सुनिश्चित गर्न इजिप्टका प्रयासहरूको समीक्षा गरे । उनले वन्धकहरूको रिहाइ सुरक्षित गर्ने महत्वलाई पनि प्रकाश पारे । दुई–राज्य समाधान र स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापनामा केन्द्रित राजनीतिक प्रक्रियाको लागि मार्ग प्रशस्त गर्ने बताए ।

आफ्नो तर्फबाट स्कूफले युद्धविराम सुनिश्चित गर्न, वन्धकहरूलाई रिहा गर्न र पट्टीमा मानवीय सहायता प्रदान गर्न इजिप्टको प्रयासको लागि आफ्नो देशको प्रशंसा व्यक्त गरे । दुवै पक्षले आप्रवासन र आतंकवाद र अतिवादको सामना गर्न सहयोग बढाउने तरिकाहरूको पनि समीक्षा गरे ।


प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?