Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका


काठमाडौँ। देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताए । उनले आफूहरुले एक जना पक्राय गरेर त्यसमै सिमित नहुने भन्दै चौथो स्टेपसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।

उनले भने, ‘कुल अहिले २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८८९ जना कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । समग्रमा २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । हामी अरु युनिट जस्तो जसलाई पक्राउ ग¥यौँ त्यहाँ मात्रै सिमित हुँदैनाँै । हामीले कम्तिमा दोस्रो, तेस्रो र कहिले कहीँ चौथे स्टेपमा समेत पुग्छौँ । दुव्र्यसनीलाई लगभग कारबाही गर्दैनौँ । तर उनीहरुको प्रयोग गरेर विक्री गर्नेहरुसँग पुग्ने प्रयास गर्छौं ।’

उनले दुव्र्यसनीमा रहेकाहरुलाई कारबाही गर्ने भन्दा परिवारको जिम्मा लगाउने र सुधार केन्द्रमा राख्ने गरेको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?