Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

देशभरका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका


काठमाडौँ। देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताए । उनले आफूहरुले एक जना पक्राय गरेर त्यसमै सिमित नहुने भन्दै चौथो स्टेपसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।

उनले भने, ‘कुल अहिले २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८८९ जना कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । समग्रमा २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित छन् । हामी अरु युनिट जस्तो जसलाई पक्राउ ग¥यौँ त्यहाँ मात्रै सिमित हुँदैनाँै । हामीले कम्तिमा दोस्रो, तेस्रो र कहिले कहीँ चौथे स्टेपमा समेत पुग्छौँ । दुव्र्यसनीलाई लगभग कारबाही गर्दैनौँ । तर उनीहरुको प्रयोग गरेर विक्री गर्नेहरुसँग पुग्ने प्रयास गर्छौं ।’

उनले दुव्र्यसनीमा रहेकाहरुलाई कारबाही गर्ने भन्दा परिवारको जिम्मा लगाउने र सुधार केन्द्रमा राख्ने गरेको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?