Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कोदोजन्य खेती प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालल कोदोजन्य खेतिको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि खेतितर्फ युवाहरुलाई आकर्षित गर्ने खालको नीति अपनाउन आवश्यक रहेको बताए । उनले कोदो र फापरबाट बनेका परिकारहरूको प्रचार–प्रसार तथा घरेलु उत्पादन प्रवद्र्धनका लागि निजी क्षेत्र तयार रहेको पनि बताए ।

उनले भने, ‘अहिले हाम्रो गाउँतिर खेतियोग्य जमिन बाँझो रहेको अवस्था छ । यस्तो जमिनमा हाम्रो कृषिजन्य कोदो, फापर खेति गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले धेरैजसो हाम्रो दाजुभाईहरु बाहिर जाने भएको कारण कृषिखेतिमा कम ध्यान पुगेको हुँदा यसलाई प्रमोट गर्नुपर्ने र सरकारले इन्करेज गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रको तर्फबाट कोदो र फापरको प्रमोशन तथा यसबाट बनेका परिकारहरुको परिकारको समेत प्रमोशनको लागि र डोमेस्टिक उत्पादनलाई प्रमोट गर्नको लागि तपाईहरुसँग सहकार्य गरेर अगाडि बढ्नेछ भन्ने कुरा म राख्न चाहान्छु । कोदो खेतिलाई प्रवद्र्धन गर्नको लागि यहाँहरुले गर्नुभएको संस्थागत प्रयासको म प्रसंशा पनि गर्न चाहन्छु ।’

सरकारले कोदोजन्य बालीहरुको आयात रोक्न तथा उत्पादनमा बृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन शुरु गरेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?