Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कोदोजन्य खेती प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालल कोदोजन्य खेतिको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले युवा पलायनको कारण कृषि क्षेत्रमा श्रमको अभाव देखिएको उल्लेख गर्दै सरकारले कृषि खेतितर्फ युवाहरुलाई आकर्षित गर्ने खालको नीति अपनाउन आवश्यक रहेको बताए । उनले कोदो र फापरबाट बनेका परिकारहरूको प्रचार–प्रसार तथा घरेलु उत्पादन प्रवद्र्धनका लागि निजी क्षेत्र तयार रहेको पनि बताए ।

उनले भने, ‘अहिले हाम्रो गाउँतिर खेतियोग्य जमिन बाँझो रहेको अवस्था छ । यस्तो जमिनमा हाम्रो कृषिजन्य कोदो, फापर खेति गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले धेरैजसो हाम्रो दाजुभाईहरु बाहिर जाने भएको कारण कृषिखेतिमा कम ध्यान पुगेको हुँदा यसलाई प्रमोट गर्नुपर्ने र सरकारले इन्करेज गर्नुपर्ने देखिन्छ । निजी क्षेत्रको तर्फबाट कोदो र फापरको प्रमोशन तथा यसबाट बनेका परिकारहरुको परिकारको समेत प्रमोशनको लागि र डोमेस्टिक उत्पादनलाई प्रमोट गर्नको लागि तपाईहरुसँग सहकार्य गरेर अगाडि बढ्नेछ भन्ने कुरा म राख्न चाहान्छु । कोदो खेतिलाई प्रवद्र्धन गर्नको लागि यहाँहरुले गर्नुभएको संस्थागत प्रयासको म प्रसंशा पनि गर्न चाहन्छु ।’

सरकारले कोदोजन्य बालीहरुको आयात रोक्न तथा उत्पादनमा बृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन शुरु गरेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?