Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छः प्रहरी वरिष्ठ उपरीक्षक कोईराला


काठमाडौँ। ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाका अनुसार ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । ब्राउन सुगर नेपालमा मुख्य रुपमा खपत हुने गरेको बताएका छन् । लागुऔषधहरु नेपाललार्य ट्रान्जिट बनाउँदै कोलम्बिया, पेरु, युएई, भारत, कतार र इथोपिया लगायतका देशहरुमा जाने गरेको बताए । उनले नेपापलमै पनि गैरकानूनी रुपमा गाँजा र अफिम खेती हुने गरेको बताए ।

उनले भने, ‘अब यो वर्तमान अवस्था कस्तो छ, केके हुन्छ भन्दा हाम्रै देशमा पनि गैरकानूनी रुपमा लुकिछिपी गाँजा खेती हुन्छ । अफिम खेती गरेको पनि कतै भेटिएको छ । ट्राफिकिङ र ट्रान्जिट मात्रै । नेपाललार्ई ट्रान्जिट बनाएर विभिन्न देशबाट कोकिन खैरो हिरोइन यहाँ आउँछ । यहाँबाट पनि नेपालमा खपत हुँदैन । भारत र युरोपियन देशमा जाने देखिएको छ । नेपालमा खपत हुने खालका लागुऔषध ब्राउन सुगर हो । ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । फर्मास्युटिकल ड्रग्सहरु जो नियन्त्रित लागुऔषधहरु छन् । तिनीहरु पनि ९० प्रतिशत श्रोत भारतबाट आएर नेपालमा खपत हुन्छन् । चरेस युरोप लगायतका देशहरुमा जाने गरेको थियो । ब्राउन सुगर नेपालमा मुख्य रुपमा खपत हुन्छ । हिरोइन पाकिस्तान, दक्षिण अफ्रिकाबाट आउँछ । कोकिन पेरु, कोलम्बिया लगायतका देशहरुमा जाने गरेको पाइन्छ । कतार, इथियोपिया पनि ट्रान्जिट हुने गरेको छ ।’

उनले खैरो हिरोइन जस्ता लागुऔषध नेपालबाट युरोपियन देशहरुमा बढी जाने गरेको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?