Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपालमा ब्राउन सुगर शतप्रतिशत भारतबाट आयात हुन्छः प्रहरी वरिष्ठ उपरीक्षक कोईराला


काठमाडौँ। ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाका अनुसार ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । ब्राउन सुगर नेपालमा मुख्य रुपमा खपत हुने गरेको बताएका छन् । लागुऔषधहरु नेपाललार्य ट्रान्जिट बनाउँदै कोलम्बिया, पेरु, युएई, भारत, कतार र इथोपिया लगायतका देशहरुमा जाने गरेको बताए । उनले नेपापलमै पनि गैरकानूनी रुपमा गाँजा र अफिम खेती हुने गरेको बताए ।

उनले भने, ‘अब यो वर्तमान अवस्था कस्तो छ, केके हुन्छ भन्दा हाम्रै देशमा पनि गैरकानूनी रुपमा लुकिछिपी गाँजा खेती हुन्छ । अफिम खेती गरेको पनि कतै भेटिएको छ । ट्राफिकिङ र ट्रान्जिट मात्रै । नेपाललार्ई ट्रान्जिट बनाएर विभिन्न देशबाट कोकिन खैरो हिरोइन यहाँ आउँछ । यहाँबाट पनि नेपालमा खपत हुँदैन । भारत र युरोपियन देशमा जाने देखिएको छ । नेपालमा खपत हुने खालका लागुऔषध ब्राउन सुगर हो । ब्राउन सुगरको शतप्रतिशत भारतबाट नेपालमा आयात हुन्छ । फर्मास्युटिकल ड्रग्सहरु जो नियन्त्रित लागुऔषधहरु छन् । तिनीहरु पनि ९० प्रतिशत श्रोत भारतबाट आएर नेपालमा खपत हुन्छन् । चरेस युरोप लगायतका देशहरुमा जाने गरेको थियो । ब्राउन सुगर नेपालमा मुख्य रुपमा खपत हुन्छ । हिरोइन पाकिस्तान, दक्षिण अफ्रिकाबाट आउँछ । कोकिन पेरु, कोलम्बिया लगायतका देशहरुमा जाने गरेको पाइन्छ । कतार, इथियोपिया पनि ट्रान्जिट हुने गरेको छ ।’

उनले खैरो हिरोइन जस्ता लागुऔषध नेपालबाट युरोपियन देशहरुमा बढी जाने गरेको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?