Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रुपमा अघि बढाउँदै


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई छुट्टै विभागअन्तर्गत अघि बढाउने बताएका छन् ।

शुक्रवार लागुऔषध नियन्त्रण व्युरोको कोटेश्वरस्थित कार्यालयमा अवलोकन एवं निरीक्षणका क्रममा पुग्नुभएका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपालमा लागुऔषधको बिगबिगी धेरै बढेर गएको बताए । यो ठूलो चुनौति बनिरहेकाले विभाग बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले लागुऔषधले नेपालको युवा पुस्तालाई नराम्रोसँग प्रभावित गरेको बताए । लागुऔषधको विषयलाई गम्भीर रुपमा लिएर सरकारले काम गरिरहेको बताए । मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी कार्य गरिरहेको बताए । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी रहेको पनि बताए ।

गृहमन्त्री लेखकले भने, ‘यो लागुऔषधको बिगबिगी अत्यन्त ज्यादा बढेर गएको छ । अब यो सबै ठाउँमा देखिरहेको छ । यसले समाजलाई यति नराम्रोसँग प्रभावित गरिरहेको छ । विद्यालयमा पढ्ने विद्यार्थी, कलेजमा पढ्ने विद्यार्थी, विभिन्न पेशा व्यवसाय गरिरहेका मानिसहरु र खासगरी युवाहरुमा नराम्रो लत देखापरेको छ । युवा भनेको भोलिका मुलुक निर्माण कर्ता हुन् । देशलाई प्रगतितर्फ लैजाने जनशक्ति हो युवा जनशक्ति । आज त्यही युवा जनशक्ति लागुऔषधको कारणले अत्यन्त नकारात्मक ढंगबाट प्रभावित भइरहेको छ । यसलाई चुनौतिका रुपमा हेरेर काम गर्न जरुरी छ । थप तदारुकताकासाथ काम गर्नुहोला । अहिलेको भन्दा थप मेहनत, थप परिश्रम र थप उर्जाका साथ काम गर्न जरुरी छ । मुलुकलाई लागुऔषध मुक्त बनाउने हो । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी छ । अहिले सिआइबीअन्तर्गत यस व्युरोले काम गरिरहेको छ । अब विभागकै अन्तर्गत यसलाई विकास गर्ने हो की भन्ने हाम्रो प्रतिवद्धता छ । त्यसो भएकाले यो आर्थिक वर्षमा लागुऔषध व्युरोलाई विभागकै रुपमा विकास गर्नेछौँ ।’

गृहमन्त्री लेखकले अरु देशका राम्रा अभ्यास हेरेर कसरी विभाग बनाइ अघि बढाउने भन्ने सुझाव दिन पनि निर्देशन दिए । लागुऔषधको नियन्त्रण, प्रभावको न्युनिकरण र अपराधजन्य कार्यको ठिक ढंगबाट अनुसन्धान गरी अपराधीलाई सजाय दिलाउने काममा मन्त्रालयको सहयोग सदैव हुने बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?