Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले लागुऔषध नियन्त्रण व्युरोलाई विभागका रुपमा अघि बढाउँदै


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण व्युरोलाई छुट्टै विभागअन्तर्गत अघि बढाउने बताएका छन् ।

शुक्रवार लागुऔषध नियन्त्रण व्युरोको कोटेश्वरस्थित कार्यालयमा अवलोकन एवं निरीक्षणका क्रममा पुग्नुभएका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले नेपालमा लागुऔषधको बिगबिगी धेरै बढेर गएको बताए । यो ठूलो चुनौति बनिरहेकाले विभाग बनाएरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले लागुऔषधले नेपालको युवा पुस्तालाई नराम्रोसँग प्रभावित गरेको बताए । लागुऔषधको विषयलाई गम्भीर रुपमा लिएर सरकारले काम गरिरहेको बताए । मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी कार्य गरिरहेको बताए । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी रहेको पनि बताए ।

गृहमन्त्री लेखकले भने, ‘यो लागुऔषधको बिगबिगी अत्यन्त ज्यादा बढेर गएको छ । अब यो सबै ठाउँमा देखिरहेको छ । यसले समाजलाई यति नराम्रोसँग प्रभावित गरिरहेको छ । विद्यालयमा पढ्ने विद्यार्थी, कलेजमा पढ्ने विद्यार्थी, विभिन्न पेशा व्यवसाय गरिरहेका मानिसहरु र खासगरी युवाहरुमा नराम्रो लत देखापरेको छ । युवा भनेको भोलिका मुलुक निर्माण कर्ता हुन् । देशलाई प्रगतितर्फ लैजाने जनशक्ति हो युवा जनशक्ति । आज त्यही युवा जनशक्ति लागुऔषधको कारणले अत्यन्त नकारात्मक ढंगबाट प्रभावित भइरहेको छ । यसलाई चुनौतिका रुपमा हेरेर काम गर्न जरुरी छ । थप तदारुकताकासाथ काम गर्नुहोला । अहिलेको भन्दा थप मेहनत, थप परिश्रम र थप उर्जाका साथ काम गर्न जरुरी छ । मुलुकलाई लागुऔषध मुक्त बनाउने हो । मुलुकलाई लागुऔषध मुक्त बनाउन निर्मम र कडाईका ढंगबाट काम गर्न जरुरी छ । अहिले सिआइबीअन्तर्गत यस व्युरोले काम गरिरहेको छ । अब विभागकै अन्तर्गत यसलाई विकास गर्ने हो की भन्ने हाम्रो प्रतिवद्धता छ । त्यसो भएकाले यो आर्थिक वर्षमा लागुऔषध व्युरोलाई विभागकै रुपमा विकास गर्नेछौँ ।’

गृहमन्त्री लेखकले अरु देशका राम्रा अभ्यास हेरेर कसरी विभाग बनाइ अघि बढाउने भन्ने सुझाव दिन पनि निर्देशन दिए । लागुऔषधको नियन्त्रण, प्रभावको न्युनिकरण र अपराधजन्य कार्यको ठिक ढंगबाट अनुसन्धान गरी अपराधीलाई सजाय दिलाउने काममा मन्त्रालयको सहयोग सदैव हुने बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?