Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

१९ वर्षमा महाकाली आयोजनाको भौतिक प्रगति २६ प्रतिशत


काठमाडौँ। १९ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिंचाई आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ ।

वि.स. २०६३ सालबाट शुरु भएको महाकाली सिंचाई आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले जानकारी दिइन । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बोल्दै जलस्रोत सचिव दवाडीले यस्तो जानकारी दिएकी हुन् । उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनु अघि थोरै थोरै बजेट विनियोजन हुने र काम पनि अत्यन्तै सुस्त गतिमा भएको कारण ढिलाई भएको सचिव दवाडीको भनाइ छ । कञ्चनपुरको २८ हजार हेक्टर जमिनमा महाकाली नदीको पानीबाट तथा थप ५ हजार हेक्टरमा भूमिगत स्रोतबाट सिंचाइ सुविधा पुर्याउने लक्ष्यसहित शुरु गरिएको आयोजनाअन्तर्गत ४८ किलोमिटर लामो मूल नहर निर्माणाधीन छ । उनले आयोजनाको हालसम्म २८ किलोमिटर मूल नहर तथा शाखा नहरहरु निर्माण सम्पन्न भइसकेको बताइन । हालसम्म सिंचाई आयोजनामार्फत ३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउनको लागि नहर प्रणाली बनिसकेको भएपनि भारतले नहरमा पानी छोड्न नमान्दा समस्या भएको उनको भनाइ छ ।

उनले भनिन, ‘महाकाली सिंचाई आयोजना राष्ट्रिय गौरवको आयोजना बनाउनुपूर्व थोरै थोरै बजेट विनियोजन हुने र थोरै मात्र काम भएको अवस्था थियो । यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको रुपमा स्थापित भइसकेपछि सरकारले पर्याप्त मात्रामा बजेट पनि विनियोजन गरिरहेको अवस्था छ । आयोजनाको अहिलेसम्मको भौतिक प्रगति २६ प्रतिशत रहेको छ । विषेशगरी यो आयोजना एकीकृत महाकाली सन्धीको कार्यान्वयनको लागि ३३ हजार हेक्टर जमिनमा सिंचाई गर्ने उद्देश्यले सुरु गरेको हो । त्यसमा २८ हजार हेक्टर जमिन महाकालीको पानीबाट र ५ हजार हेक्टरमा भूमिगत पानीबाट सिंचाई गर्ने उद्देश्य रहेको छ । यो सिंचाई आयोजनाको मुल नहर ४८ किलोमिटरको छ । अहिलेसम्म २८ किलोमिटरसम्म नहर नै बनिसकेको अवस्था छ । केही शाखा नहरहरु पनि बनेका छन् । अहिलेसम्म ३ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउनको लागि नहर प्रणली बनिसकेको छ । तर एकीकृत महाकाली सन्धीको लागि महाकाली पानीलाई छोड्नको लागि पटक पटक कुटनीतिक पहल हुँदा पनि पानी छोडिएको छैन । समितिले त्यो पहल गरिदिएको अवस्थामा यो आर्थिक वर्षभित्रमा ६ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउन सक्ने स्थितिमा हामी पुग्ने छौं ।’

सरकारले २०७७ सालमा महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको थियो ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?