Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राज्यको लगानी र नीतिमा विपद् प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी बन्दैनः महानिरीक्षक अर्याल


काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्युनिकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

शुक्रवार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्युनिकरण गर्न नसकिने बताएका हुन् । उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्युनिकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । महानिरीक्षक अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे । विपद् न्युनिकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । विपद् न्युनिकरणका लागि सबै निकायहरुबीचमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए ।

महानिरीक्षक अर्यालले भने, ‘नेपालमा सबैभन्दा बढी वार्षिक रुपमा मृत्यु विपद्बाट भइरहेको छ । मानव सिर्जित र प्रकृति सिर्जित विपद्बाट भइरहेको छ । व्यक्तिको ज्यान गइरहेको बारेमा हाम्रो उच्च प्राथमिकतामा राज्यको नीति छैन । यदी संविधानको रक्षा गर्ने हो, मौलिक हक जोगाउने र मानव अधिकारको रक्षा गर्ने हो भने विपद्मा लगानी र नीति राम्रो बनाउन जोड दिनुपर्छ । सुरक्षा निकायले आफ्नो आफ्नो ठाउँबाट कार्यक्रमहरु गरिरहेको छ । हामीले सक्दो प्रयास हामीले गरेका छौँ । सबैले मिलेर गर्नुपर्छ । २५ जनालाई लाइफ ज्याकेट र केही सामग्रीहरु दिने हो भने प्रहरी नपुगेको बेलामा पनि स्थानीयहरुले नै उद्धार गर्नुहुन्छ । विपद्सँग सम्बन्धित कुराहरु समन्वय गरेर काम गर्नुपर्छ । बजेटको लागि पनि सजिलो हुन्छ ।’

महानिरीक्षक अर्यालले विपद् सम्बन्धी तालिम पार्टीगत वा अन्य जो कोही आएपनि गराउने प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?