Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको छः मुख्यमन्त्री लामा


काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयतापछि स्वास्थ्य क्षेत्र धेरै सुधार भएको बताएका छन् ।

शुक्रवार भक्तपुरमा वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको इच्छा, आकांक्षा अनुसार पूरा कामहरु हुन नसकेपछि शिक्षा, सवस्थ्य, पूर्वाधार क्षेत्रमा धेरै काम भएको दाबी गरे । उनले स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा आफूहरुले प्रमाणित गरेको बताए ।

मुख्यमन्त्री लामाले भने, ‘स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट पनि रोगको उपचार गर्न सकिन्छ भन्नेकुरा हामीले प्रमाणित गरेका छौँ । संघीयता आइसकेपछि रोग निवारण गर्नका लागि स्वास्थ्य मन्त्रालय, अरु मन्त्रालयहरु पनि मिलेर काम गरिरहेका छाँै । संघीयतापछि नेपाल सरकारले गरेका कामहरु धेरै छन् । जनताको इच्छा, आकांक्षाअनुसार नहोला तर पूर्ण रुपमा काम अघि बढाएका छौँ । स्वास्थ्य क्षेत्रमा अहिले धेरै सुधार भएको छ । वागमती प्रदेशको प्रादेशिक अस्पतालहरुमा धेरै नागरिकको उपचार भइरहेको छ । ’

मुख्यमन्त्री लामाले स्वस्थ भएर मात्रै सबै काम गर्न सकिने बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?