Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् ।

राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरुलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने बताए । कोदोको खानेकुराहरुले अहिलेलाई मात्रै फाइदा नभइ भावि सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भएपनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ । नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ । हामीले बाटाभर थुप्रै मकैबारी देखेर आयौँ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताएका हुन् ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?