Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा


काठमाडौँ। वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।

भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘मिति २०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरी राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई आज मिति २०८२ साउन १६ गते शुक्रवारका दिन पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दछु ।’

२०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएका थिए ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?