Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

म्यानमारद्वारा नयाँ संघ सरकार गठनको घोषणा


एजेन्सी। म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बिहीवार नयाँ संघ सरकार र राज्य सुरक्षा तथा शान्ति आयोग गठन गरेको छ । संघ सरकारको नेतृत्व यू न्यो सावले प्रधानमन्त्रीको रूपमा गरिरहेका छन् ।

राज्य सुरक्षा तथा शान्ति आयोगको अध्यक्षता वरिष्ठ जनरल मिन आङ ह्लाइङले गरिरहेका छन् । रिपोर्ट अनुसार एनडिएससीले रक्षा सेवाका कमाण्डर–इन–चीफलाई सार्वभौम शक्ति हस्तान्तरण गर्ने आदेशलाई पनि रद्द गर्ने निर्णय गरेको छ । म्यानमारको राज्य प्रशासन परिषद्का प्रवक्ता जाव मिन तुनले एनडिएससीले आम चुनाव गराउन आपतकालीन अवस्था अन्त्य गर्ने निर्णय गरेको बताए ।

फेब्रुअरी २०२१ मा, म्यानमारका तत्कालीन कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एक वर्षको आपतकालीन अवस्था घोषणा गरे । सार्वभौम शक्ति रक्षा सेवाका कमाण्डर–इन–चीफलाई हस्तान्तरण गरे । रक्षा सेवाका कमाण्डर–इन–चीफको कार्यालयले पछि राज्य प्रशासन परिषद् गठन गरेको छ । जसको अध्यक्ष मिन आङ ह्लाइङ छन् । एनडिएससीले यस वर्ष जुलाई ३१ सम्म धेरै पटक ६ महिनाको म्याद थप गरेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?