Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा पक्राउ


काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका ४मा खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । उनलाई साउन १४ गते राति साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ परेका अभियुक्त साहलाई बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अभियुक्त साहले गत साउन १२ गते राति करिव साढे ११ बजे आशा यादव, उनकी छोरी अञ्जलीकुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते भएकी अञ्जलीको उपचारको क्रममा साउन १३ गते राति साढे १२ बजे मृत्यु भएको थियो भने मृतककी आमा आशा यादवको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । राधा यादव उपचार पश्चात घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।

रामबाबुले यसअघि पनि आफ्नी श्रीमतीको हत्या आरोपमा ५ वर्ष जेल सजाय भोगिसकेका छन् । २०७७ मा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए । चिनजानपछि उनीहरू जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए । तर पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्ध तोड्ने प्रयास गरेपछि रामबाबुले आक्रोशमा आएर घटना घटाएको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?