Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

फिफा फुटबल फर स्कुलको भव्य समारोहबीच उद्घाटन


काठमाडौँ । करिव सात लाख विद्यार्थीको खुट्टामा बल पुर्याउने उद्देश्य राखिएको फिफा फुटबल फर स्कुलको औपचारिक शुरुवात भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार एक भव्य कार्यक्रम आयोजना गर्दै फिफा फुटबल फर स्कुलको औपचारिक रूपमा शुभारम्भ गरेको हो । चार वर्षदेखि १४ वर्षसम्मका करिब ७ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा गरिएको फिफा फुटबल फर स्कुल नेपालमा बिहीबारदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको उद्घाटनका गरेका हुन् । सो अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलगायतको उपस्थित रहेको थियो ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले फिफा फुटबल फर स्कुल कार्यक्रमले नेपाली फुटबल विकासमा नयाँ अध्याय शुरु हुने आशा व्यक्त गरे । आधारभुत सामग्री र प्रशिक्षण अभावका कारण फुटबलर बन्ने सपना बोकेका बालबालिकाका लागि यो कार्यक्रम महहत्वपूर्ण रहेको एन्फा अध्यक्ष नेम्वाङको भनाइ छ । उनले यो महत्वाकांक्षी कार्यक्रमबाट फिफाले युनेस्कोको सहयोगमा करिब ७० करोड बालबालिकाको खुट्टामा बल पु¥याउने अपेक्षा राखेको बताए । नेपालमा भने सात लाख विद्यार्थीको खुट्टामा फुटबल पुग्ने अपेक्षा एन्फाको छ । फिफा फुटबल फर स्कुल कार्यक्रमबाट ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई ३२ हजार ६ सय ४० वटा फुटबल प्रदान गरिँदैछ ।

फिफा फुटबल फर स्कुलको उद्घाटनका अवसरमा विभिन्न सांस्कृतिक र सांगीतिक प्रस्तुत भएको थियो । विभिन्न स्कुलका बालबालिका नृत्य प्रस्तुत गरे । गायिका आस्था रावतले सांगीतिक प्रश्तुती दिएकी थिइन् । उक्त उद्घाटन समारोहमा उपस्थित ६९ वटा विद्यालयलाई २५ वटाको दरले फुटबल पनि हस्तान्तरण गरिएको थियो । उपत्यकाका १०४ वटा विद्यालय यो कार्यक्रममा सहभागी हुँदैछन् । उपत्यका बाहिर पनि छिट्टै यो कार्यक्रमअन्तर्गत फुटबल प्रदान गरिने एन्फाका महासचिव किरण राईले जानकारी दिए । यस कार्यक्रमबाट चार वर्षदेखि १४ वर्षसम्मका करिब ५÷६ लाख विद्यार्थीको खुट्टामा बल पुग्ने आशा रहेको एन्फाका महाचिव किरण राईले जानकारी दिए ।

उनले विद्यार्थीलाई फुटबलमार्पmत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउने उद्देश्य रहेको बताए । शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यस कार्यक्रम हुने भएको छ । फिफाको फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज पनि उक्त उद्घाटन समारोहमा उपस्थित थिए । एन्फाका महासचिव किरण राईले करिब १५÷१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस किसिमको कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । फिफा र युनेस्कोको सहकार्यमा यो कार्यक्रम आयोजना हुँदै आएको छ ।

यो कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पु¥याउने फिफाले लक्ष्य राखेको छ । साथै यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमका रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिता सिकाउने आशा गरिएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?