Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस्ः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए । वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताए । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए । आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताए । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताए । उनले अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन । जनताको अधिकार खोसिएको छ, त्यसको पुनःवहाली गर्न ज्यान समर्पण गर्नपरे पनि गर्ने भनेर राजनीतिमा लागेका हौँ । हामीले पार्टीलाई अझ व्यवस्थित गर्नको लागि के नै गुमाउनुपरेको छ र ? जेल जानुपर्छ ? पहिला त जेल जानुपर्ने, पुलिसको लाठी खानुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने, परिवारसँग अलग भएर बस्नुपर्ने, परिवारको अवस्था नाजुक हुने थियो । त्यो सबै चुनौतिको सामना गरेर हामीले अधिकारका लागि लडेका हौँ । अब तपाईं हाम्रो काँधमा प्राप्त अधिकारलाई सुरक्षित गर्न नेपाल्ी काँग्रेस पार्टीको नेतृत्व अघि बढ्दा राम्रो हुन्छ । सरकारमा गएर के न भयो भन्छ । सरकारमा निर्वाचन सकिनासाथ काँग्रेस सरकारमा जान नपाउँदा के भएको थियो भन्ने ति दिनहरु सम्झना गरौँ । सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौँ । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ । राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरु दलहरुलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो । जनताले के भन्न थाले भने सरकारको बनेदेखि दिनगन्ती शुरु हुन्छ । जनताका विषयमा सरकारले के काम गर्दछ ? भन्न थाले । स्थिरता र स्थायित्व चाहियो भनेपछि अहिलेको गबठन्धनको आवश्यकता भएर बनेको हो । ’

उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताए । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको बताएका छन् ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?