Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनलाई मान्यता दिने बेलायतको निर्णयको स्वागत


एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बेलायतको मनशायलाई स्वागत गरेका छन् । यसलाई दुई–राज्य समाधानलाई अगाडि बढाउने दिशामा एक कदमका रुपमा लिएको बताए । बेलायतले प्रतिवन्ध वा पूर्वशर्त बिना सकेसम्म चाँडो यो ऐतिहासिक निर्णय लिने अपेक्षा आफूले गरेको बताए ।

उनले इजिप्टको लामो समयदेखिको अडानलाई पुष्टि गरे । बेलायती प्रधानमन्त्री स्टारमरले बेलायतले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको बैठकमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका थिए । गत हप्ता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभाको ८० औं सत्रमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने पुष्टि गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?