Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

डढेलो बढ्दै गएपछि स्पेनमा सेना परिचालन


एजेन्सी। म्याड्रिडको उत्तरपश्चिममा रहेको अविला प्रान्तमा द्रुत गतिमा फैलिरहेको डढेलोसँग लडिरहेका अग्निनियन्त्रकहरूलाई सहयोग गर्न स्पेनको सैन्य आपतकालीन प्रतिक्रिया एकाइ तैनाथ गरिएको छ ।

सोमवार मध्यरातदेखि स्पेनमा डढेलो जारी छ । शुरुमा क्युभास डेल भ्याले नगरपालिका नजिकै आगलागी भएको थियो । नजिकैको मोम्बेलट्रान गाउँतिर द्रुत गतिमा अघि बढेको बताइएको छ । जसले गर्दा ५० जना बासिन्दाहरूलाई खाली गराइएको छ । कास्टिला वाई लियोनको क्षेत्रीय सरकारकाअनुसार विमान, हेलिकप्टर र जमिनका कर्मचारीहरूले आगो नियन्त्रणमा ल्याउन काम गरिरहेका छन् । यस क्षेत्रमा विगतमा पनि यस्तै विनाश देखिएको छ । १६ वर्षअघि भएको डढेलोले ५ हजार हेक्टर जमिन जलाएको थियो । दुई जनाको ज्यान गएको थियो ।

बासिन्दाहरूलाई घरभित्रै बस्न र आधिकारिक निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ । आगोको कारण अनुसन्धान भइरहेको छ । युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार यस वर्ष अहिलेसम्म स्पेनभरि डढेलोले लगभग ३७ जार हेक्टर जमिन जलाएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?