Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

डढेलो बढ्दै गएपछि स्पेनमा सेना परिचालन


एजेन्सी। म्याड्रिडको उत्तरपश्चिममा रहेको अविला प्रान्तमा द्रुत गतिमा फैलिरहेको डढेलोसँग लडिरहेका अग्निनियन्त्रकहरूलाई सहयोग गर्न स्पेनको सैन्य आपतकालीन प्रतिक्रिया एकाइ तैनाथ गरिएको छ ।

सोमवार मध्यरातदेखि स्पेनमा डढेलो जारी छ । शुरुमा क्युभास डेल भ्याले नगरपालिका नजिकै आगलागी भएको थियो । नजिकैको मोम्बेलट्रान गाउँतिर द्रुत गतिमा अघि बढेको बताइएको छ । जसले गर्दा ५० जना बासिन्दाहरूलाई खाली गराइएको छ । कास्टिला वाई लियोनको क्षेत्रीय सरकारकाअनुसार विमान, हेलिकप्टर र जमिनका कर्मचारीहरूले आगो नियन्त्रणमा ल्याउन काम गरिरहेका छन् । यस क्षेत्रमा विगतमा पनि यस्तै विनाश देखिएको छ । १६ वर्षअघि भएको डढेलोले ५ हजार हेक्टर जमिन जलाएको थियो । दुई जनाको ज्यान गएको थियो ।

बासिन्दाहरूलाई घरभित्रै बस्न र आधिकारिक निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ । आगोको कारण अनुसन्धान भइरहेको छ । युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार यस वर्ष अहिलेसम्म स्पेनभरि डढेलोले लगभग ३७ जार हेक्टर जमिन जलाएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?