Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने (तस्बिरसहित)


नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन धामीले दक्षिण एशियाली मुलुकहरूका युवा उद्यमी, लगानीकर्ता, व्यवसायिक नेताहरू र नवप्रवर्तनशील स्टार्टअपहरूबीच प्रत्यक्ष अन्तरक्रिया, लगानीका अवसरको खोजी तथा क्षेत्रीय साझेदारीको विकास मार्फत दीगो आर्थिक प्रगतिमा योगदान र्पुयाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताए । उनले सम्मेलनमा क्षेत्रीय व्यापार, उद्यमशीलता र नवप्रवर्तन सम्बन्धी विषयगत छलफल तथा संवाद गरिने पनि बताए । उनका अनुसार सम्मेलनमा नेपाली तथा विदेशी स्टार्टअप र प्रविधिमा आधारित इनोभेटिभ आइडियाको प्रदर्शनी, साझेदारी र लगानीका सम्भावना माथि अन्तक्र्रिया र नेपालको उद्योग, पर्यटन र लगानीमैत्री वातावरणको प्रवद्र्धनका विषयमा समेत संवाद गरिनेछ ।

सम्मेलनले पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै नेपालको संस्कृति तथा जैविक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सहयोग गर्ने उनको विश्वास छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?