Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दक्षिण एशियाका नवप्रवर्तनशील स्टार्टअप र व्यवसायिक नेताहरूको सम्मेलन साउन १८ मा काठमाडौंमा हुने (तस्बिरसहित)


नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन धामीले दक्षिण एशियाली मुलुकहरूका युवा उद्यमी, लगानीकर्ता, व्यवसायिक नेताहरू र नवप्रवर्तनशील स्टार्टअपहरूबीच प्रत्यक्ष अन्तरक्रिया, लगानीका अवसरको खोजी तथा क्षेत्रीय साझेदारीको विकास मार्फत दीगो आर्थिक प्रगतिमा योगदान र्पुयाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताए । उनले सम्मेलनमा क्षेत्रीय व्यापार, उद्यमशीलता र नवप्रवर्तन सम्बन्धी विषयगत छलफल तथा संवाद गरिने पनि बताए । उनका अनुसार सम्मेलनमा नेपाली तथा विदेशी स्टार्टअप र प्रविधिमा आधारित इनोभेटिभ आइडियाको प्रदर्शनी, साझेदारी र लगानीका सम्भावना माथि अन्तक्र्रिया र नेपालको उद्योग, पर्यटन र लगानीमैत्री वातावरणको प्रवद्र्धनका विषयमा समेत संवाद गरिनेछ ।

सम्मेलनले पर्यटन व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै नेपालको संस्कृति तथा जैविक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सहयोग गर्ने उनको विश्वास छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?