Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

२०२६ को नोभेम्बर २४ मा नेपाल विकासशिल राष्ट्रमा उन्नति हुँदै : कम विकसित देशका नागरिकको बोझिलो पहिचान हट्दै


काठमाडौँ। सांसदहरुले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा उन्नति हुनु गौरवको विषय भएको बताएका छन् ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा विकसित हुनु गौरवको कुरा भएको बताइन । तर विकासशिल बन्दै गर्दा अति कम विकसित देशको हैसियतमा प्राप्त गर्ने धेरै सहुलियत गुम्नसक्ने खतरा रहेको बताइन । स्तरोन्नतिले नेपालको पुँजीबजारमा पहुँच बढ्ने, स्वाभीमान बढ्ने भएपनि सहुलियतपूर्ण वित्तीय पहुँचमा कमी आउने बताएकी छिन् ।

उनले भनिन, ‘नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा विकसित हुँदैछ । एलडिसी हुँदा प्राप्त सुविधाहरु गुम्नसक्ने चुनौतिहरु छन् । ति चुनौतिहरुलाई कसरी समाधान गर्ने र कसरी स्वीकारेर अघि बढ्ने भन्नकुरामा ध्यान दिनुपर्छ । स्तरोन्नतिले नेपालको पुँजीबजारमा पहुँच बढ्ने, स्वाभीमान बढ्ने भएपनि सहुलियतपूर्ण वित्तीय पहुँचमा कमी आउने हुनसक्छ । व्यापार प्रवद्र्धन, विकास सहायता परिचालन, संस्थागत एवं संरचनागत सुधारका लागि सरकारले कस्ता अवधारणा अवलम्वन गर्दैछ ?’

बैठकमा बोल्दै नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले स्तरोन्नतिका लागि निर्धारण गरिएका तीन शर्तहरुमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड पूरा हुन नसकेको बताइन । मानव सम्पती सूचाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचाङ्कका मापदण्ड पूरा गरी नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु गौरवको विषय भएको बताइन । यो उपलब्धि नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक, आर्थिक क्षेत्रमा भएको प्रगतिको प्रमाण भएको बताएकी छिन् । अब स्वदेशमा रोजगारी सिर्जना, निर्यातमा वृद्धि तथा लगानीमैत्री वातावरण र दिगो विकासमा ध्यान दिन जरुरी रहेको बताइन ।

उनले भनिन, ‘नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकाशशिल राष्ट्रको रुपमा विकसित हुँदैछ । स्तरोन्नतिका लागि निर्धारण गरिएका तीन शर्तहरुमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड पूरा भएको छैन । तर मानव सम्पती सूचाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचाङ्कका मापदण्ड पूरा गरी नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुन लागेको छ । स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव र प्रभावको सहज व्यवस्थापनका सम्बन्धमा छलफल गर्दा सन् २०२६ मा विकासशिल राष्ट्रमा उन्नति हुनु नेपालका लागि गर्वको विषय हो । यो उपलब्धि हाम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक, आर्थिक क्षेत्रमा भएको प्रगतिको प्रमाण हो । तर यो मात्र लक्ष्य होइन । अब हामीले स्वदेशमा रोजगारी सिर्जना, निर्यातमा वृद्धि तथा लगानीमैत्री वातावरण र दिगो विकासमा ध्यान दिन जरुरी हुन्छ ।’

बैठकमा बोल्दै राष्ट्रिय सदस्य डा. अञ्जान शाक्यले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको सूचिबाट माथि उठेर विकासशिल राष्ट्रको पंक्तिमा सामेल हुनु गौरवको विषय भएको बताएकी छिन् । यो कुनैपनि राष्ट्रका लागि एक प्राविधिक स्तरोन्नति मात्रै नभइ स्वाभिमान, उज्वल भविष्यको द्योतक भएको जिकिर गरिन । प्रतिव्यक्ति आय, मानव सम्पती र आर्थिक जोखिम जस्ता विश्वव्यापी मापदण्डहरु पूरा गरेर यो उपलब्धि हाँसिल गरिएको भन्दै अब परनिर्भरताको अध्याय अन्त्य गर्दै आत्मनिर्भरताको नयाँ बिहानीतर्फ लम्किनुपर्ने बताइन । अबको बाटो भनेको अनुदानमा नभइ उत्पादनमा केन्द्रित हुनुपर्ने बताइन ।

उनले भनिन, ‘सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको सूचिबाट माथि उठेर विकासशिल राष्ट्रको पंक्तिमा सामेल हुँदैछ । यो कुनैपनि राष्ट्रका लागि एक प्राविधिक स्तरोन्नति मात्रै होइन, यो हाम्रो स्वाभिमान, उज्वल भविष्यको द्योतक हो । हामीले पनि प्रतिव्यक्ति आय, मानव सम्पती र आर्थिक जोखिम जस्ता विश्वव्यापी मापदण्डहरु पूरा गरेर यो उपलब्धि हाँसिल गरेका छौँ । अब हामीले परनिर्भरताको अध्याय अन्त्य गर्दै आत्मनिर्भरताको नयाँ बिहानीतर्फ लम्किनुपर्छ । अबको हाम्रो बाटो भनेको अनुदानमा होइन, उत्पादनमा केन्द्रित हुनुपर्छ ।’

सांसदहरुले पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटनमा लगानी आकर्षित गरी स्वदेशमै रोजगारी सिर्जना गरी युवा र बौद्धिक प्रतिभाको विदेश पलायन रोक्नुपर्ने धारणा राखे । अब नेपालको कुटनीति थप सक्रिय र परिणाममुखी हुनुपर्ने बताए ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?