Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मिथिलाञ्चलका मन्दिरहरुमा झुलनोत्सवको रौनक शुरु


काठमाडौँ। मिथिलाञ्चलका मन्दिरहरुमा साँझपख झुलनोत्सवको रौनक शुरु भएको छ ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन शुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्दछ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ ।

एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन कीर्तन र लोक कथाहरु सुनाइने जानकी मन्दिरका उत्तराधिकारी महत्थ रामरोशन दास वैष्णवले बताए । मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ । यद्यपि देशमा माओवादी सशस्त्र द्वन्द्वपछि विस्तारै झुलनोत्सवमा ह्रास आएको उत्तराधिकारी महत्थले बताए ।

उनले हिन्दु धर्मावलम्वीको यो विशेष परम्परालाई जोगाउन तीनै तहको सरकारले ध्यान दिन नसकेको गुनासो गरे । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?