Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मिथिलाञ्चलका मन्दिरहरुमा झुलनोत्सवको रौनक शुरु


काठमाडौँ। मिथिलाञ्चलका मन्दिरहरुमा साँझपख झुलनोत्सवको रौनक शुरु भएको छ ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन शुरु गरेका हुन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको झुलनोत्सव साउन पूर्णिमासम्म चल्ने गर्दछ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ ।

एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन कीर्तन र लोक कथाहरु सुनाइने जानकी मन्दिरका उत्तराधिकारी महत्थ रामरोशन दास वैष्णवले बताए । मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ । यद्यपि देशमा माओवादी सशस्त्र द्वन्द्वपछि विस्तारै झुलनोत्सवमा ह्रास आएको उत्तराधिकारी महत्थले बताए ।

उनले हिन्दु धर्मावलम्वीको यो विशेष परम्परालाई जोगाउन तीनै तहको सरकारले ध्यान दिन नसकेको गुनासो गरे । मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?