Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सडकमै ट्राफिक सुरक्षा सचेतता, छ सय ८६ चालक सहभागी


२५ चैत ,काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले आज सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा छ सय ८६ चालक सहभागी भएका छन् ।

काठमाडौँ उपत्यका कालिमाटी क्षेत्रमा एक सय ५०, कमलविनायकमा एक सय १०, नगरकोटमा ६०, सातदोबाटोमा ५७, थापाथलीमा ४८, सोह्रखुट्टेमा ४०, साँखु र कीर्तिपुरमा ३०–३० जनालाई सडक सचेतनामा सहभागी गराइएको थियो ।

यस्तै गोँगबुको नयाँबसपार्क, कपन, भक्तपुर, नेपालटारमा २५–२५ जना, फर्पिङमा २०, काँडाघारीमा १७, कमलपोखरीमा १५ र टोखामा नौसहित छ सय ८६ चालकलाई सडक सुरक्षाको सचेतना उपलब्ध गराइएको हो ।

कार्यक्रममा चालकलाई मादक पदार्थ सेवन, लागुऔषध सेवन र ढोका खुला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो ।

त्यस्तै तीव्रगति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका थिए । उनले भने, “सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्ने उद्देश्यका साथ चालक लक्षित चेतनामूलक कार्यक्रम गरिएको हो ।”

ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्यनजर गरी अन द स्पोट चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?