Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छः अध्यक्ष सिम्खडा


काठमाडौँ। अखिल नेपाल युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा टेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका अधिकारहरु बढारेर लगिएको जिकिर गरे । उनले श्रमीकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए । श्रमीकहरुले अहिले धेरै दुःख र पीडा महशुस गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘अब अहिले कस्तो छ भने कहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएको छ भएको छ । हाम्रो अधिकारको निम्ति बढारेर लिएर गएको छ । कहिले रसुवामा आएको बाढी जस्तो छ । अधिकार भन्नेकुरा हामीले भोग्न, देख्न नपाउने स्थिति पनि छ । सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानून संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ ।’

कार्यक्रममा बोल्दै टेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए । यसले श्रमीकहरुलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमीक वर्गमा परेको र उनीहरु रोजगारीबाट विमुख भइरहेको बताए ।

उनले भने, ‘वातावरणीय प्रभाव पछिल्लो समय अत्याधिक मात्रामा देखिन थालेको छ । हाम्रो कन्टिब्युसन अत्यन्त न्युन छ । छँदै छैन भन्दा पनि हुन्छ । तर सबैभन्दा बढी भार बोक्नुपर्ने स्थिति बनिरहेको छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमीक वर्गमा परिरहेको छ । उनीहरु रोजगारीबाट विमुख भइरहेका छन् । उनीहरुले क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन । फण्डहरुसँग लक्षित वर्गमा जोड्न सकेका छैनौँ ।’

कार्यक्रममा अन्य वक्ताहरुले पर्यटन र कृषि क्षेत्र समस्यामा परेको बताए । कृषि र पर्यटन क्षेत्रले नेपालको रोजगारीमा धेरै योगदान गरिरहेको उनीहरुको भनाइ छ । जलवायु परिवर्तनले श्रमीक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको बताए ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?