Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छः अध्यक्ष सिम्खडा


काठमाडौँ। अखिल नेपाल युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा टेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका अधिकारहरु बढारेर लगिएको जिकिर गरे । उनले श्रमीकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए । श्रमीकहरुले अहिले धेरै दुःख र पीडा महशुस गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘अब अहिले कस्तो छ भने कहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएको छ भएको छ । हाम्रो अधिकारको निम्ति बढारेर लिएर गएको छ । कहिले रसुवामा आएको बाढी जस्तो छ । अधिकार भन्नेकुरा हामीले भोग्न, देख्न नपाउने स्थिति पनि छ । सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानून संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ ।’

कार्यक्रममा बोल्दै टेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताए । यसले श्रमीकहरुलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमीक वर्गमा परेको र उनीहरु रोजगारीबाट विमुख भइरहेको बताए ।

उनले भने, ‘वातावरणीय प्रभाव पछिल्लो समय अत्याधिक मात्रामा देखिन थालेको छ । हाम्रो कन्टिब्युसन अत्यन्त न्युन छ । छँदै छैन भन्दा पनि हुन्छ । तर सबैभन्दा बढी भार बोक्नुपर्ने स्थिति बनिरहेको छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमीक वर्गमा परिरहेको छ । उनीहरु रोजगारीबाट विमुख भइरहेका छन् । उनीहरुले क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन । फण्डहरुसँग लक्षित वर्गमा जोड्न सकेका छैनौँ ।’

कार्यक्रममा अन्य वक्ताहरुले पर्यटन र कृषि क्षेत्र समस्यामा परेको बताए । कृषि र पर्यटन क्षेत्रले नेपालको रोजगारीमा धेरै योगदान गरिरहेको उनीहरुको भनाइ छ । जलवायु परिवर्तनले श्रमीक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको बताए ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?