Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्पेनी प्रधानमन्त्रीद्वारा व्यापार साझेदारहरूलाई विविधीकरण गर्न इयुसँग आग्रह


एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आईतवार राति भएको नयाँ इयु–अमेरिका व्यापार सम्झौताको घोषणापछि सोमवार युरोपेली संघ (इयु) लाई देशको व्यावसायिक सम्बन्धलाई विविधीकरण गर्न आग्रह गरेका छन् ।

अघि म्याड्रिडस्थित आफ्नो निवासमा बोल्दै सान्चेजले युरोपेली आयोगले गरेका प्रयासहरूको आफूले मूल्यांकन गरेको बताए । युरोपेली आयोगले गरेका प्रयासहरुको आफूले कदर गरेको बताउँदै युरोपेली आयोगका अध्यक्षको रचनात्मक र वार्ता गर्ने मनोवृत्तिको प्रशंसा गरे ।

स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आईतवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौताको घोषणा गरे ।

दुवै नेताहरूले सम्झौतालाई व्यापार सन्तुलन पुनस्र्थापित गर्ने र थप समतामूलक दुई–तर्फी वाणिज्य प्रवद्र्धन गर्ने दिशामा एक कदमको रूपमा वर्णन गरे । यो सम्झौताले संयुक्त राज्य अमेरिकालाई रणनीतिक अमेरिकी निर्यातको दायराको लागि शुन्य–ट्यारिफ पहुँच सुरक्षित गर्दै इयु सामानहरूमा व्यापक १५ प्रतिशत कर लगाउन अनुमति दिन्छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?