Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जनकपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू आफ्ना मागप्रति बेवास्ता भएको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।

मंगलवार आन्दोलन अन्तर्गत मधेस प्रदेशका कर्मचारीहरू जनकपुरधामस्थित प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् । प्राधिकरणको सञ्चालक समितिको बैठकबाट दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । तर निर्णय भएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नहुँदा आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए ।

केन्द्रीय संघर्ष समितिको निर्देशन अनुसार मधेस प्रदेशमा कार्यरत कर्मचारीहरूले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?