Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

टर्कीमा डढेलोको जोखिम बढ्दै


एजेन्सी। टर्किए अहिले डढेलोसँग लडिरहेको छ । उत्तरपश्चिममा आगो तिब्र गतिले फैलिएपछि गाउँ खाली गराउन शुरु गरिएको छ । तेज हावा र उच्च तापक्रमको बीचमा नयाँ अग्नि नियन्त्रक अभियान शुरु गरेको छ । राष्ट्रपति सञ्चार निर्देशनालयले साँझ भन्यो कि जुलाई २६ मा देशभर एकैसाथ ८४ वटा डढेलो लागेको थियो । उत्तरपश्चिमी प्रान्त बुर्सामा दुई अलग–अलग स्थानहरूमा आगो लागेको छ ।

चुनौतीपूर्ण मौसमी अवस्थाको बीचमा अग्नि नियन्त्रकहरू र बासिन्दाहरू आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेका छन् । बुर्सा नगरपालिकाका अनुसार अहिलेसम्म लगभग ३ हजार हेक्टर जमिन जलेको छ । कुल ३ हजार ५ सय १५ बासिन्दाहरूलाई खाली गरिएको छ । आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको हृदयघातबाट मृत्यु भएको छ । बुर्सामा अग्नि क्षेत्रमा आपूर्ति पुर्याउने पानीको ट्याङ्कर सडकबाट भत्किएर पल्टिएर तीन जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त काराबुकमा पनि अग्निनियन्त्रण कार्य जारी छ । जहाँ पछिल्लो रिपोर्टहरूअनुसार भिरालो, चट्टानी भूभागको क्षेत्रमा ६ दिनदेखि आगो बलिरहेको छ । यस क्षेत्रमा २ हजार हेक्टरभन्दा बढी जमिन जलेको छ ।

दक्षिणपूर्वी क्षेत्रको काहरामनमारसमा पनि आगो लागेको छ । जसले लगभग ५०० हेक्टर जमिनलाई क्षति पुर्याएको छ । मौसम विज्ञान महानिर्देशनालयकाअनुसार तापक्रम मौसमी मापदण्डभन्दा ६ देखि १२ डिग्री सेल्सियस माथि रहेको छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?