Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इराकमा अत्याधिक गर्मीः १३ प्रान्तमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम


एजेन्सी। इराकी मौसम विज्ञान संगठन र भूकम्प विज्ञानले सोमवार १३ प्रान्तमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको जनाएको छ ।

बगदाद, वासित, मैसान, धी कार र बसरा प्रान्तमा ५१ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड गरिएको छ भने किर्कुक, सलाहुद्दीन, दियाला, करबला, बाबिल, नजफ, दिवानियाह र मुथन्ना प्रान्तमा ५० डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

संगठनले मानिसहरूलाई अत्यधिक गर्मीको समयमा प्रत्यक्ष घामको सम्पर्क र बाहिरी कामबाट बच्न आग्रह गरेको छ । इराकमा नियमित रूपमा गर्मी बढेको छ । जहाँ तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी हुन्छ ।


प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?