Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गते देखि


काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

नाइमाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने ‘मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको जनाएको छ । उक्त एक्सपोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक (कमर्सियल) सवारीसाधन सार्वजनिक गरिने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन । उनले प्रदर्शनी अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरू सहभागी रहने प्यानल डिस्कसन र ज्ञानमूलक सत्रहरू आयोजना गरिने पनि जानकारी दिइन ।

उक्त एक्सपोमा विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र नवप्रवर्तनमूलक मोबिलिटी समाधानहरू प्रदर्शनीको मुख्य आकर्षण रहने बताइएको छ । एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदर्शनीका प्रमुख प्रायोजक रहेका छन् । राइड सेयरिङ पठाओले एक्स्पो गन्तव्य भृकुटीमण्डपमा आउन–जान प्रयोग हुने राइडमा ३० प्रतिशतसम्म छुट दिने भएको छ भने फ्रन्टलाइन अस्पतालले चौबीसै घण्टा एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध बताइएको छ । एक्स्पोलाई लक्षित गर्दै नाइमाले अनलाइन भिडियो प्रतियोगिता पनि गराउने भएको छ । उक्त प्रतियोगितामा हभागीहरूले नाइमा अटो एक्स्पोसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन् । उत्कृष्ट भिडियो बनाउने एक जनालाई १ लाख, र श्रावण २१ देखि २५ सम्म पोस्ट गरिएका १० उत्कृष्ट भिडियो बनाउनेहरूलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?