Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भूमि सम्बन्धी विधेयकलाई वैज्ञानिक, समावेशी र न्यायोचित बनाउने कुरामा गम्भीर बन्न सरकारलाई सुझाव दिएका छन् ।

सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद सापकोटाले यस्तो सुझाव दिएका हुन् । उनले सरकारले भूमिसम्बन्धी विधेयकलाई आफ्नो तजबिजी अधिकार प्रयोग गर्नेगरी अघि सारेको भन्दै आपत्ति जनाए । उनले भूमि उपयोग र संरक्षणको नीति स्पष्ट गर्न, वर्गीकरण तथा उपयोगको नीतिगत व्यवस्था सुनिश्चित गर्न, साथै भूमि नापजाँच, दर्ता र मालपोत प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रावधान विधेयकमा समावेश गरिन गर्न समेत माग गरे । भूमिको सिमित उपयोगका विषयमा विधेयकमा अझै धेरै छलफलको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले भने, ‘भूमिसम्बन्धी विधेयकलाई न्यायोचित, समावेशी, वैज्ञानिक र दीगो भूमि नीति अवलम्वन गर्ने भावना र उद्देश्मा आधारित भएर सरकारले यसलाई वैज्ञानिक बनाउनको निमित्त जोड गर्नुपर्छ । यसभित्र हामीले हेर्ने कुरा समावेशी र न्यायोचित दीगो उपयोग र संरक्षणको कुरा, वर्गीकरण र उपायोगको स्पष्ट नीतिगत व्यवस्था, भूमि नापजाँच, दर्ता र मालपोतको पारदर्शीताको अर्को कुरा छ । भूमिको दर्ता, नापजाँच र मालपोतसँग पारदर्शिता सुनिश्चित गर्ने आधारहरु विधेयकले सुनिश्चित गर्नुपर्छ । भुमिको उपयोगसम्बन्धी सीमाको विषयमा विधेयक गम्भीर हुनुपर्छ । भूमि महिलाको स्वामित्वमा नाममा हुने कुरामा पनि विधेयकले प्रोत्साहन गर्नुपर्छ । भूमि बैंकको स्थापना, भूमि व्यवस्थापनको बारेमा स्पष्ट बुझाई हुनुपर्छ । भूमिसम्बन्धी विवाद समाधान गर्न स्पष्ट कानूनी संरचनाको विषयमा पनि विधेयकले बोल्नुपर्छ ।’

महिलाको नाममा भूमिको स्वामित्वलाई प्रोत्साहन गर्ने व्यवस्था विधेयकमा हुनुपर्नेमा जोड दिँदै भूमि बैंकको स्थापना, स्पष्ट व्यवस्थापन प्रणाली र भूमिसम्बन्धी विवाद समाधानका लागि कानुनी संरचना स्पष्ट हुनुपर्ने राखे । सांसद सापकोटाले प्रतिपक्षी सांसदहरुले आलोचना र सुझावहरुलाई सकारात्मक ढंगले लिन पनि आग्रह गरे ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?