Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अख्तियारको बेरुजु शुन्य, सचिव भन्छन्ः कानूनअनुसार काम गरे बेरुजु शुन्य हुन्छ


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शुन्य देखिएको छ ।

प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शुन्य देखिएको हो । सोमवार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनैपनि नरहेको जानकारी दिए । उनले कानूनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनैपनि बेरुजु नरहने बताए ।

सचिव दुवाडीले भने– ‘कानूनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमान्दारीतापूर्वक कानूनको परिपालना गरौं । बेरुजु रहन्न । निकायहरुमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभएपनि बेरुजु एक भ्रष्टाचारको सुरुआत हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन । अख्तियार समेत आकर्षित हुने गरेको छ ।’

उनका अनुसार बेरुजु फछ्र्यौट गर्न कानूनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो । कमजोर कारबाही प्रणाली, बेरुजु फछ्र्यौट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फछ्र्यौटमा समस्या पारेको उनको भनाई छ । सचिव दुवाडीका अनुसार औचित्य पुष्टी नहुने गरी अनेक शिर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो । बेरुजु फछ्र्यौट शासकीय इस्यु भएकाले पनि शुन्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?