Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भारतको उत्तराखण्डमा भागदौड हुँदा ६ जनाको मृत्यु, २९ घाइते


एजेन्सी। उत्तरी भारतको उत्तराखण्ड राज्यको एक हिन्दु मन्दिरमा आईतवार भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट करिव ५३ किलोमिटर दक्षिणमा रहेको हरिद्वार जिल्लाको मनसा देवी मन्दिरमा भागदौड मच्चिएको थियो । मन्दिरको बाटोबाट १०० मिटर तल सिँढीमा रहेका एक भक्तलाई बिजुलीको झट्का लागेको हल्लाले अरूलाई आतंकित बनाएको थियो । जसले गर्दा घटनास्थलमा भागदौड मच्चियो ।

हरिद्वार हिन्दू भक्तहरूको लागि प्रमुख तीर्थस्थलहरू मध्ये एक हो । प्रहरीले भागदौड हुनुभन्दा पहिले मन्दिरमा ठूलो भीड जम्मा भएको बताएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?