Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जोर्डन र युएईद्वारा गाजामा संयुक्त रुपमा हवाई ढुवानी


एजेन्सी । जोर्डन सशस्त्र बल (जेएएफ) र संयुक्त अरब इमिरेट्स (यूएई) ले गाजापट्टीमा मानवीय सहायताको तीनवटा हवाई ढुवानी गरेको छ । मानवीय अवस्था बिग्रँदै जाँदा हवाई ढुवानी पुनः शुरु भएको हो । एन्क्लेभका धेरै स्थानहरूमा कुल २५ टन सहायता पुर्याइएको छ ।

हवाई ढुवानी बाहेक, खाद्यान्न आपूर्ति बोकेका ६० ट्रक सामान गाजाको लागि पठाएका हुन् । गाजा द्वन्द्व शुरु भएदेखि जोर्डनले ७ हजार ९ सय ३२ ट्रकहरूमा सामान भरेर पठाएको छ । जेएएफले अन्य देशहरूसँग २६७ संयुक्त हवाई ढुवानीसहित स्वतन्त्र रूपमा १२७ हवाई ढुवानी पनि गरिसकेको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?