Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जोर्डन र युएईद्वारा गाजामा संयुक्त रुपमा हवाई ढुवानी


एजेन्सी । जोर्डन सशस्त्र बल (जेएएफ) र संयुक्त अरब इमिरेट्स (यूएई) ले गाजापट्टीमा मानवीय सहायताको तीनवटा हवाई ढुवानी गरेको छ । मानवीय अवस्था बिग्रँदै जाँदा हवाई ढुवानी पुनः शुरु भएको हो । एन्क्लेभका धेरै स्थानहरूमा कुल २५ टन सहायता पुर्याइएको छ ।

हवाई ढुवानी बाहेक, खाद्यान्न आपूर्ति बोकेका ६० ट्रक सामान गाजाको लागि पठाएका हुन् । गाजा द्वन्द्व शुरु भएदेखि जोर्डनले ७ हजार ९ सय ३२ ट्रकहरूमा सामान भरेर पठाएको छ । जेएएफले अन्य देशहरूसँग २६७ संयुक्त हवाई ढुवानीसहित स्वतन्त्र रूपमा १२७ हवाई ढुवानी पनि गरिसकेको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?