Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राज्यको स्रोत, साधन अन्यायपूर्ण तवरले वितरण गरियोः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्रोत वितरणको आधार अन्यायपूर्ण रहेको बताएका छन् ।

आईतवार अर्थसमितिमा भएको छलफलमा यादवले विश्वव्यापी अभ्यास विपरित नेपालको तल्लो तहमा अत्यन्तै कम स्रोत पठाइएको बताएका हुन् । उनका अनुसार वितरणको आधार मानवीय विकास सूचकांक र जनसख्या हुनुपथ्र्यो । तर नेपालमा त्यहाँ देखिएन । ६० प्रतिशत जनसंख्या भएको क्षेत्रमा विकास बजेटको ११ प्रतिशत मात्रै पठाइनु अन्यायपूर्ण रहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले भने–‘जहाँ ६० प्रतिशत जनसंख्या छ, त्यहाँ बजेट विकास बजेट ११ प्रतिशत गइराखेको छ, अनि कसरी विकास हुन्छ ? के गर्न खोजेको हो ? अन्यायपूर्ण वितरण प्रणालीले गर्दा यस्तो भइरहेको छ । राज्यको अन्यपूर्ण स्रोत, साधन, वितरण प्रणाली ठिक छैन । यसको जिम्मेबारी वितरण प्रणालीमा संलग्नहरुले पनि लिनुपर्छ ।’

अध्यक्ष यादवले गरिबी, अशिक्षा, पिछडिएको वर्गसम्म राज्यको स्रोत साधन पुग्न नसकेको बताए । राज्यको स्रोत साधनलाई समान रुपले वितरण हुनुपर्नेमा उनले जोड दिए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?