Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

राज्यको स्रोत, साधन अन्यायपूर्ण तवरले वितरण गरियोः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्रोत वितरणको आधार अन्यायपूर्ण रहेको बताएका छन् ।

आईतवार अर्थसमितिमा भएको छलफलमा यादवले विश्वव्यापी अभ्यास विपरित नेपालको तल्लो तहमा अत्यन्तै कम स्रोत पठाइएको बताएका हुन् । उनका अनुसार वितरणको आधार मानवीय विकास सूचकांक र जनसख्या हुनुपथ्र्यो । तर नेपालमा त्यहाँ देखिएन । ६० प्रतिशत जनसंख्या भएको क्षेत्रमा विकास बजेटको ११ प्रतिशत मात्रै पठाइनु अन्यायपूर्ण रहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले भने–‘जहाँ ६० प्रतिशत जनसंख्या छ, त्यहाँ बजेट विकास बजेट ११ प्रतिशत गइराखेको छ, अनि कसरी विकास हुन्छ ? के गर्न खोजेको हो ? अन्यायपूर्ण वितरण प्रणालीले गर्दा यस्तो भइरहेको छ । राज्यको अन्यपूर्ण स्रोत, साधन, वितरण प्रणाली ठिक छैन । यसको जिम्मेबारी वितरण प्रणालीमा संलग्नहरुले पनि लिनुपर्छ ।’

अध्यक्ष यादवले गरिबी, अशिक्षा, पिछडिएको वर्गसम्म राज्यको स्रोत साधन पुग्न नसकेको बताए । राज्यको स्रोत साधनलाई समान रुपले वितरण हुनुपर्नेमा उनले जोड दिए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?