Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आयोः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले आजको समय इन्टरनेटको समय भएको र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दै गएको समय रहेको बताए । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने बताए । कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि बताए । आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना नभइ अहिलेको आवश्यकता भएको बताए । यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरुमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक रहेको बताए । सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको बताए । प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको उल्लेख गरे ।

सभापति देउवाले भने, ‘आजको समय नै इन्टरनेटको हो । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगहरु गर्न थालेका छौँ । यसको प्रयोग बढाउनसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु । हामी धेरै कुराहरु गर्नसक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा । प्रविधि यहाँ पुगिसकेको छ । कृत्रिम बौद्धिकता, इन्टेलिजेन्स पनि आइसक्यो अब के गर्नुहुन्छ ? त्यसकारण अहिलेको बेला यसको सदुपयोग नेपालले, देशले, हाम्रो पार्टीले गर्नसके धेरै काम गर्नसक्छौँ । आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरुमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक छ । सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको छ । प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको छ । हामी सबै मिलेर प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’

सभापति देउवाले नेपाली काँग्रेस सधैँ नवप्रवर्तन, इनोभेसन प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको बताए । नेपाली काँग्रेसले सूचना र प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच विस्तार गर्न उपयोग गर्ने जनतालाई केन्द्रमा राखेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?