Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भूमिसम्बन्धी ऐन संविधानविरोधी छः अध्यक्ष यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ संविधानविरोधी भएको बताएका छन् ।

आईतवारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भइरहेको छ । उनले प्रदेश सभालाई ऐन ल्याउन नसोधेको भए यो संविधानको उल्लंघन र संघीयतामाथिको प्रहार भएको बताए । विधेयक कुन मनशायले ल्याएको हो भन्नेकुरा स्पष्ट नभएको बताए । सुकुम्बासी समस्या हल गर्न अहिलेकै कानून पर्याप्त रहेको बताए ।

अध्यक्ष यादवले भने, ‘प्रदेश सभालाई सोधेर यो ऐन ल्याइएको हो त ? यदी होइन भने संविधानको उल्लंघन पनि हो । संघीयतामाथिको प्रहार पनि हो । यो घोर आपत्तिजनक छ । यो गलत छ । कुन मनशायले ल्याएको हो त्यो स्पष्ट भएन । असंवैधानिक विधेयक ल्याउन पाइन्छ ? के क्षेत्राधिका मिच्न, अनुसूचि मिच्न पाइन्छ ? सुकुम्बासी समस्या हल गर्न ल्याएको हो भने अहिलेकै कानून पर्याप्त छ । प्रधानमन्त्रीले अस्ति भर्खरै यही कानूनअन्तर्गत त लालपूर्जा बाँडेर आउनुभउको छ । यो केलाई बाधा भयो ? सुकुम्बासी को हो, भूमिहिनको संख्या कति छ ? सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा पाइरहेका छन् । ५ लाख ७० हेक्टर वन फडानी गरेर सुकुम्बासी बसाइयो ।’

अध्यक्ष यादवले भूमिहिनको समस्या समाधान गर्न रियलस्टेट र भूमाफियालाई जग्गा दिनुपर्छ ? भन्दै प्रश्न गरे ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?