Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपाल-भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँध बाधिँदैछ रे,सरकारको जवाफ चाहियो: झलनाथ


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका छन् । उनले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउदै सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर गरेका छन् । यसबारे सबै देशभक्तहरु सचेत हुन जरुरी रहेको बताउदै कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताए । उनले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने बताए ।

उनले भने, ‘अहिले पनि नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन झनझन खतरा बढेर गइरहेको छ । अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धी नेपाल र भारतका बीचमा हुँदैछ । सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ । यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ । कोशी उच्चबाँधको कुरा आइरहेको छ । यो कुरा कसरी आउँदैछ भन्नेकुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ । नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ । नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन ? हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता ग¥यौँ, पछि टनकपुर सम्झौता ग¥यौँ, ति कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन् । यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्छ ।’

नेता खनालले नागरिकता विधेयकमा कसैलाई नागरिकता दिनुपर्यो भने त्यो नागरिकको आमाको नाम भएपनि पुग्ने र बाबुको नाम नराखेपनि हुने भन्नेकुराको व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिव ४० हजार मानिसलाई नागरिकता दिनु रहेको बताए ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?