Trending
>>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

नेपाल-भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँध बाधिँदैछ रे,सरकारको जवाफ चाहियो: झलनाथ


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका छन् । उनले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउदै सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर गरेका छन् । यसबारे सबै देशभक्तहरु सचेत हुन जरुरी रहेको बताउदै कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताए । उनले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने बताए ।

उनले भने, ‘अहिले पनि नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन झनझन खतरा बढेर गइरहेको छ । अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धी नेपाल र भारतका बीचमा हुँदैछ । सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ । यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ । कोशी उच्चबाँधको कुरा आइरहेको छ । यो कुरा कसरी आउँदैछ भन्नेकुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ । नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ । नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन ? हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता ग¥यौँ, पछि टनकपुर सम्झौता ग¥यौँ, ति कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन् । यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्छ ।’

नेता खनालले नागरिकता विधेयकमा कसैलाई नागरिकता दिनुपर्यो भने त्यो नागरिकको आमाको नाम भएपनि पुग्ने र बाबुको नाम नराखेपनि हुने भन्नेकुराको व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिव ४० हजार मानिसलाई नागरिकता दिनु रहेको बताए ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?