Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

काँग्रेस-एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः प्रचण्ड


प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गरेका छन् । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको भुमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको बताउदै एमालेमा पनि वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको जिकिर गरे ।

उनले एमाले मदन भण्डारी र जबजको आधारमा टिकेको तर पछिल्लो समय जबजको प्रश्तावक र प्रवद्र्धक को हो भन्नेमै विवाद शुरु भएको बताउदै पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारीका रुपमा आफूलाई प्रश्तुत गरेको बताए ।

उनले भने, ‘अहिले देशमा र राजीनीतिक ठूला भन्ने दलहरुमा निकै ठूलो आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस देखिएको छ । वैचारिक राजनीति निकै ठूलो संकटमा काँग्रेस पनि छ र एमाले पनि छ । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र पछिल्लो पटक गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको भुमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ । त्यही कुरा तपाईं हामीले हे¥यो भने एमालेभित्र झन ठूलो संकट छ । वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको छ । अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जबजको आधारमा टिकाएको र अघि लगेको छ । आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रश्तावक को हो ? भन्नेमा विवाद शुरु भएको छ । यो ठूलो संकट हो । मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्नेकुराबाट शुरु भएको प्रक्रिया अहिले पक्कैपनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ । यो संकट गहिरिने देखिएको छ । यो ठूलो आइडोलोजिकल, पोल्टिकल क्राइसिस हो । काँग्रेसमा पनि र एमालेमा पनि । यतिबेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र हो ।’

अध्यक्ष दाहालले अहिले वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?