Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

एशियन च्याम्पियनसिप खेल्ने पारा तेक्वान्दो खेलाडीको बिदाइ


काठमाडौँ। मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ ।

मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, नेपाल तेक्वान्दो संघ काठमाडौँ जिल्लाका विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाई गरेका हुन् । सोही अवसरमा प्रमुख अतिथि तथा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारा तेक्वान्दो खेलाडीका लागि प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी मिल्ने बताए । साथै उनले आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ जिल्ला काठमाडौँ संघका अध्यक्ष विक्रम खड्गीले खेलाडीको प्रोत्साहनका लागि यो कार्यक्रममा आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्नका लागि जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे ।

सोही अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौँ नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरीगोल्ड र तेक्वान्दोका पूर्वखेलाडी सुमी परियारले ६ खेलाडी, टोलीका कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्रयाकसुट प्रदान गरेको थियो । नेपाली टोली आगामी साउन १३ गते त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ छन् । उक्त च्याम्पियनसिपमा पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसा गोवर्धन, अमिर ब्लोन, कामना प्रसाईं, रेनु तामाङ र मरत सिंह महताले प्रतिष्पर्धा गर्दैछन् ।

के–४४ विधाअन्तर्गत पलेसाले ५७ केजी मुनि, अमिरले ६३ केजीमुनि, रेनु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् ।
प्रशिक्षक नेगी लामाले झन्डै दुई महिनादेखि प्रशिक्षण  गरिरहेको र तयारी राम्रो भएकाले जित्ने आशा व्यक्त गरे । साथै उनले यो च्याम्पियनसिप वरीयता सुधार गर्न महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन् । नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिष्पर्धा गर्दै आएको छ । हालसम्म नेपालले एशियन च्याम्पियनसिपमा एक रजत र पाँच काँस्य पदन जितेको छ । प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?