Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

एशियन च्याम्पियनसिप खेल्ने पारा तेक्वान्दो खेलाडीको बिदाइ


काठमाडौँ। मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ ।

मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, नेपाल तेक्वान्दो संघ काठमाडौँ जिल्लाका विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाई गरेका हुन् । सोही अवसरमा प्रमुख अतिथि तथा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारा तेक्वान्दो खेलाडीका लागि प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी मिल्ने बताए । साथै उनले आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ जिल्ला काठमाडौँ संघका अध्यक्ष विक्रम खड्गीले खेलाडीको प्रोत्साहनका लागि यो कार्यक्रममा आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्नका लागि जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे ।

सोही अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौँ नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरीगोल्ड र तेक्वान्दोका पूर्वखेलाडी सुमी परियारले ६ खेलाडी, टोलीका कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्रयाकसुट प्रदान गरेको थियो । नेपाली टोली आगामी साउन १३ गते त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ छन् । उक्त च्याम्पियनसिपमा पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसा गोवर्धन, अमिर ब्लोन, कामना प्रसाईं, रेनु तामाङ र मरत सिंह महताले प्रतिष्पर्धा गर्दैछन् ।

के–४४ विधाअन्तर्गत पलेसाले ५७ केजी मुनि, अमिरले ६३ केजीमुनि, रेनु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् ।
प्रशिक्षक नेगी लामाले झन्डै दुई महिनादेखि प्रशिक्षण  गरिरहेको र तयारी राम्रो भएकाले जित्ने आशा व्यक्त गरे । साथै उनले यो च्याम्पियनसिप वरीयता सुधार गर्न महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन् । नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिष्पर्धा गर्दै आएको छ । हालसम्म नेपालले एशियन च्याम्पियनसिपमा एक रजत र पाँच काँस्य पदन जितेको छ । प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?