Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आलस्यता र थकान महसुस भइरहन्छ ? यस्ता छन् कारण र समाधानका उपाएहरु


काठमाण्डौ। पछिल्लो समय बढ्दो तापक्रमसँगै नेपाली जनजीवनमा शारीरिक थकान, आलस्यता र उर्जा कमी जस्ता समस्या सामान्य भइरहेका छन्। गर्मीको असरले गर्दा शरीरमा पानीको कमी, निद्रा नहुनु, खानपानमा असन्तुलन जस्ता कारणहरूबाट दिनभरि थकित महसुस गर्ने समस्या देखिएको छ।

के-के कारणले गर्मीमा शरीर आलस्य र थकित हुन्छ?

शरीरमा पानीको कमी :
उच्च तापक्रमले शरीरबाट धेरै मात्रामा पसिना निस्कन्छ, जसले गर्दा पानी र खनिज तत्वहरूको कमी हुन्छ।

अत्यधिक चिल्लो र भारी भोजन सेवन:
गर्मीमा भारी खाना खाँदा पाचन प्रणालीमा बढी दबाब पर्छ, जसले सुस्तता ल्याउँछ।

निद्राको कमी:
गर्मीले राम्रो निद्रा आउँदैन, जसले गर्दा शरीरमा थकान बढ्छ।

शारीरिक क्रियाकलापको कमी:
अत्यधिक गर्मीका कारण शारीरिक व्यायाम कम हुन्छ, जसले शरीरमा ऊर्जा उत्पादन घटाउँछ।

 गर्मी नियन्त्रण ध्यान नदिँदा :
घर, अफिस वा यात्राका क्रममा गर्मीबाट बच्ने उचित उपायहरू नअपनाउँदा शरीरमा तापको असर बढी हुन्छ।

थकान र आलस्यता कम गर्ने समाधानका उपायहरू:

पर्याप्त पानी पिउने:
दिनभरि कम्तीमा ३–४ लिटर पानी सेवन गर्नुपर्छ। छिटो उर्जा दिने नरिवल पानी, लेमन वाटर, ओआरएस पनि उपयोगी हुन्छन्।

हल्का र ताजा भोजन गर्नुपर्छ:
सिजनल फलफूल, सलाद, दही, झोलिलो परिकार जस्ता हल्का खानाहरू गर्मीमा उत्तम हुन्छन्।

निद्रा र विश्राममा ध्यान दिने:
७–८ घण्टा गुणस्तरीय निद्रा लिने, दिउँसो सानो विश्राम गर्ने बानीले ताजगी ल्याउँछ।

 हरियो बगैंचा र ओसिलॊ स्थानमा बस्ने:
घर वा अफिसमा हरियो बगैंचामा बस्ने र पानीको सम्पर्कमा रहने बानीले गर्मी घटाउन मद्दत गर्छ।

हल्का व्यायाम र योग गर्ने:
बिहान वा साँझको समयमा हल्का स्ट्रेचिङ, ध्यान र योग गर्नाले मानसिक र शारीरिक उर्जा बढाउँछ।

कपडाको छनोटमा ध्यान दिने:
पातलो, ढिलो र हल्का रंगका कपडा लगाउँदा गर्मी कम महसुस हुन्छ।

गर्मी नियन्त्रण उपाय अवलम्बन गर्ने:
घरमा पङ्खा, कुलर वा साधारण पानीले ज्वालक जस्तो गर्दा पनि गर्मीको असर घटाउन सकिन्छ।

अन्त्यमा, गर्मी मौसमले शरीरमा असर पारे पनि सही खानपान, जल सेवन, निद्रा, व्यायाम र योगमा  ध्यान पुर्‍याउने हो भने थकान र आलस्यताबाट सजिलै छुटकारा पाउन सकिन्छ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?