Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृएका छन् ।

शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो । सुपोत महास्थथवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्वपूर्ण योगदान गर्नुभएको बताए ।

उनले भने, ‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ । निरन्तर र अनवरत रुपमा योगदान गर्नुभयो । थाइ सरकारले ज्यादै ठूलो सम्मान दिएको छ । बुद्धिजमअघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ ।’

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?