Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इतिहासकै जगमा वर्तमान खडा हुन्छः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासकै जगमा वर्तमान खडा हुने बताएका छन् ।

शुक्रवार राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमानको जगमा भविष्यको आधारशिला तय हुने बताए । उनले वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै नेपाल बनेको बताए । नेपालको सार्वभौम सत्ता,राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ भएको बताए । उनले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधिन हुनबाट जोगाएको बताए । थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘इतिहासकै जगमा वर्तमान खडा हुन्छ । वर्तमानको जगमा भविष्यको आधारशिला तय हुन्छ । वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै हाम्रो देश बनेको हो । नेपालको सार्वभौम सत्ता,राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधिन हुनबाट जोगाउनुभएको थियो । उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो ।’

राष्ट्रपति पौडेलले सुगौली सन्धीले नै आजको नेपालको अस्तित्व राखेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?