Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?


काठमाडौँ। नेकपा (एमाले)का सांसद किरणकुमार शाहले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुसम लिएको आरोप लागेका मन्त्रीहरु अझै किन पदमा छन् ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो प्रश्न गरेका हुन् । उनले भिजिट भिसा दुरुपयोग, मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई संरक्षण आरोप लगाउँदै तिब्र आलोचना गरे । उनले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्न सरकारले भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए ।

उनले भने, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन । सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु–भिजिट भिसा प्रकरणमा कास्कीको लेखनाथ लिची बगैंचामा मुछिएकाहरु किन अझै पदमा छन् ? मानव बेचबिखनमा मुछिएकाहरुको किन सम्मानसहित स्वागत गरिन्छ । यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो ।’

उनले मानव बेचबिखनमा संलग्न भएको आरोप लागेकाहरूको सम्मानसहित स्वागत भइरहेको विषयमा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गरे ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?