Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेसमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले मधेशवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गरे । सांसद शर्माले मधेशवासीले बोरिङ चलाएवापत आउने विद्युत महशुल समेत सरकारले तिर्नुपर्ने बताए ।

उनले भने, ‘मधेसमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरु अधुरा छन् । ती पुरा नभएको कारण पनि पनि पानीको हाहाकार भएको छ । चुरेको विनाशका कारण्ले पनि आज यो संकट उत्पन्न भएको छ । केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरुको भनाइ छ । किसानहरुले खोनपानी, सिंचाई र मल ल्याउन पनि नपाउने ? सीमा नाकाबाट मल ल्याउन दिइओस् ।’

उनले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?