Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेसमा मरुभूमिकरण बढ्योः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेसमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले मधेशवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गरे । सांसद शर्माले मधेशवासीले बोरिङ चलाएवापत आउने विद्युत महशुल समेत सरकारले तिर्नुपर्ने बताए ।

उनले भने, ‘मधेसमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरु अधुरा छन् । ती पुरा नभएको कारण पनि पनि पानीको हाहाकार भएको छ । चुरेको विनाशका कारण्ले पनि आज यो संकट उत्पन्न भएको छ । केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरुको भनाइ छ । किसानहरुले खोनपानी, सिंचाई र मल ल्याउन पनि नपाउने ? सीमा नाकाबाट मल ल्याउन दिइओस् ।’

उनले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?