Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

काँग्रेस बैठकः ‘रुपन्देहीमा काँग्रेसको जनमत मजबुत छ’


काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको छ ।

शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी एवं पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुसमेतको बैठकले रुपन्देही ३ को उपनिर्वाचनबारे छलफल गरेको हो । बैठकमा आगामी उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए । उनका अनुसार बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयले भने प्रवेश पाएन । गत निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा निर्वाचित भएको थिए । उनको निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो । आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा भने कुनै छलफल नभएको प्रमुख सचेतक घिमिरेले बताए । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ २० हजार मतसहित काँग्रेस पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र तेस्रोमा १४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी रहेको थियो । आउने उपनिर्वाचनमा मधेसवादी दलहरु एक भएर लड्ने चर्चा छ ।

उनले भने, ‘रुपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौँ । मुख्य रुपमा केन्द्रित भनेको आगामी उपनिर्वाचनमा हाम्रो रणनीति, योजनाका विषयमा छलफल भएको छ । मन्त्री हेरफेरको विषयमा कुनै चर्चा भएको छैन । रुपन्देहीमा हामीले हेर्ने भनेको विभिन्न गठबन्धनहरु थिए गत निर्वाचनमा । ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो । गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा काँग्रेस पहिलो पार्टीकै रुपमा थियो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो । त्यसपछि क्रमशः मधेसवादी दलहरु थिए । अहिलेको पोजिसन के छ भनेर ट्याक्कै भन्न त गाह्रो छ । विश्लेषण गरेर हेर्दा काँग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरु एक भएर लड्ने भन्ने चर्चा पनि आएको छ । काँग्रेस नै पहिलो पार्टी हो । त्यो निर्वाचनमा प्राविधिक रुपले चुनाव हारेका हौँ । स्थानीय निर्वाचनमा पनि हामी पहिलो पार्टी हो । हाम्रो भोटको अवस्था मजबुत छ ।’

गत निर्वाचनमा आफूहरु प्राविधिक रुपले हारेपनि जनमतको अवस्था मजबुत रहेको काँग्रेसको ठम्याइ छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?