Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भोको पेट, बन्द सटरः नाकाबन्दीका बीचमा गाजाको बजार


एजेन्सी। मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो । अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन् । स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउछन् । आफ्ना सन्तान तीन् हप्तादेखि भोकै रहेको उनले बताए ।

एक दिन अघिबाट घरमा आफ्नो छोरी रोइरहेको स्थानीय सलिम अल हातो बताउछन् । आफूले सबैतिर हात फैलाएर माग्दा समेत खानेकुरा केही नरहेको उनको भनाइ छ ।

खान युनिस र गाजा शहर लगायत गाजाका अन्य भागहरूमा पनि यस्तै अवस्था देखा परिरहेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले मंगलबार रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा चार बालबालिकासहित १५ जनाको भोकमरीका कारण मृत्यु भएको छ । मार्चदेखि, भोकमरी र कुपोषणले आधिकारिक रूपमा १०१ जनाको ज्यान लिएको छ । जसमध्ये ८० जना बालबालिका छन् ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?