Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नयाँ चरणको वार्ताअन्तर्गत रूस—युक्रेनबीच एक हजार कैदी आदानप्रदान


एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् ।

रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा रहेको र सैन्य चिकित्सा संस्थाहरूमा उपचार र पुनस्र्थापनाको लागि रूस लगिने बताइएको छ ।

रूस र युक्रेनले मे १६ र जुन २ मा इस्तानबुलमा दुई चरणको प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनको युद्ध कैदीहरूको उपचार समन्वय मुख्यालयकाअनुसार १ हजार भन्दा बढी युक्रेनी सैनिकहरू इस्तानबुल सम्झौताहरूअनुसार घर फर्किएका छन् ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?