Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नयाँ चरणको वार्ताअन्तर्गत रूस—युक्रेनबीच एक हजार कैदी आदानप्रदान


एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् ।

रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा रहेको र सैन्य चिकित्सा संस्थाहरूमा उपचार र पुनस्र्थापनाको लागि रूस लगिने बताइएको छ ।

रूस र युक्रेनले मे १६ र जुन २ मा इस्तानबुलमा दुई चरणको प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनको युद्ध कैदीहरूको उपचार समन्वय मुख्यालयकाअनुसार १ हजार भन्दा बढी युक्रेनी सैनिकहरू इस्तानबुल सम्झौताहरूअनुसार घर फर्किएका छन् ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?