Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उत्तरी चीनको खानी प्लान्टमा ६ जना विद्यार्थीको मृत्यु


एजेन्सी। उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको तामा–मोलिब्डेनम अयस्क–ड्रेसिङ प्लान्टमा अध्ययन भ्रमणको क्रममा फ्लोटेशन सेलमा खसेर ६ जना विश्वविद्यालयका विद्यार्थी डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोकाअनुसार हुलुनबुइरमा रहेको चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित प्लान्टमा दुर्घटना भएको हो । उत्तरपूर्वी विश्वविद्यालयमा पढ्ने सबै विद्यार्थी फ्लोटेशन प्रक्रियाहरू अवलोकन गरिरहेका थिए ।

अध्ययन अवलोकनकै क्रममा ग्रिड प्लेट भत्किएको हो । जसले गर्दा उनीहरू फ्लोटेशन सेलमा डुबे । सबैलाई सेलबाट उद्धार गरिए पनि पछि चिकित्सा कर्मचारीहरूले मृत घोषित गरेका छन् । घटनामा एक शिक्षक पनि घाइते भएका छन् ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?