Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


२५ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन दिएका थिए । गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले विमानस्थलको हेल्पडेस्कलाई प्रभावकारी बनाउन र सम्पूर्ण गतिविधिलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनःसंरचना प्रस्ताव प्रस्तुत गर्नसमेत उहाँले सो अवसरमा निर्देशन दिए ।

निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकाले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताउनुभयो । “अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो”, उनले भने, “हामी अत्यन्त सक्रिय हुनु जरुरी छ ।”


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?